काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ ।
त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।
८३ रनमै सात विकेट गुमाएको नेपालले विवेक यादवले खेलमा फर्काउने प्रयाश गरेका थिए । विवेकले अन्तिम ओभरको सुरुवातका ३ बलमा लगातार छक्का हानेर जिततर्फ डोहोरयाएका थिए । तर चौथो बलमा वाउण्डी प्रहार गर्न खाज्दा उनको विकेट जान पुग्यो । उनले समग्रमा २४ बलमा ५ छक्का हान्दै ३९ रन जोडेका थिए ।
विवेकका अलवा नेपालका लागि कुशल भुर्तेलले २६, करण केसीले १५, सन्दीप जोरा, राहित पौडेल र सोमपाल कामीले समान १२ रन जोडेका थिए ।
बलिङतर्फ ओमानका बिल्लान खानले ३ तथा, साकेल अह्मद, र जिसन मक्सुदले समान २ विकेट लिए ।
ओमानसँग हारेसँगै नेपाल समूह उपविजेताबन्दै समेफाइनलमा प्रवेश गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि भोलि युएईसँग खेल्नेछ । यूएईलाई हराउन सके नेपाल अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।