Logo

संसद् अवरोध नगरौंः रमेश लेखक



काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरोधको अन्त्य गर्न माग गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लामो समयसम्म निरन्तर रुपले संसद् अवरुद्ध हुँदा संसदको प्रभावकारिता कमजोर हुने बताए ।

सदनको प्रभावकारिता कमजोर भयो भने सदनको मात्रै नभएर व्यवस्थाको समेत प्रभावकारिता कमजोर हुने उनले बताए । निरन्तर र पटक–पटकको संसद अवरोधले व्यवस्थाका विरुद्धमा भइरको अभ्यासलाई बल पुग्ने उनको दाबी छ । सदनको अवरोध किन र केका लागि भएको हो त्यसका लागि संवाद र छलफल हुन आवश्यक रहेको उनले बताए ।

‘संवाद, सहमति र सहकार्यको राजनीतिक संस्कार विकास गरौं । संसद्लाई कम से कम अवरोध गर्न ठाउँमा पुर्याउ,’– उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot