Logo

संसद्मा भन्दा म टेलिभिजनमा प्रभावकारी थिएँः रवि लामिछाने



काठमाडौं,१६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कोशी प्रदेश सरकारको उदाहरण दिँदै शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले फरक प्रशंगमा संसद्मा भन्दा आफू टेलिभिजनमा रहँदा प्रभावकारीढंगले काम गर्न सकेकोसमेत दाबी गरेका छन् ।

“मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रश्न सोध्छौँ, ताकि उहाँहरूबाट जवाफ आउन सकोस्, नागरिकलाई आश्वस्त पार्न सकियोस् । तर, दुःखका साथ भन्छु– यो संसद्ले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन, नागरिकको आवाज के सुनेको छ,” उनले भने, “योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथे । नागरिकको समस्याहरू सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।”



प्रतिक्रिया दिनुहोस्