Logo

सरकारको आलोचनामा उत्रिए उपेन्द्र यादव, गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको टिप्पणी (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको आलोचना गरेका छन् । उनले केन्द्रीय सरकारले अहिलेसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन ल्याउन आलटाल गरेको आरोप लगाए । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘प्रदेशलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ ? संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको छ।’

आठ वर्षसम्म संघीय ऐन नबनाउनु गलत भएको उनको टिप्पणी छ । सांसद यादवले भने,‘प्रदेशहरूलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौं । यहाँ भन्नै पर्दैन यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । आठ÷आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ? भन्ने एउटा गम्भीर प्रश्न रहिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्