Logo

रिगलको आममाफी बदर भएपछि सर्वोच्चमै भक्कानिईन् भारती



काठमाडौं,१६ कार्तिक । सरकारको सिफारिसमा नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका गुण्डा नाइके रिगल ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर भएको छ ।

सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, कुमार चुडाल र सपना प्रधान मल्लको पूर्ण इजलासले रिगलको आममाफी बदरको फैसला सुनाएको हो । उनी २०७२ असार मा चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका थिए ।

आफ्ना श्रीमानको हत्या अभियोग लागेका रिगललाई आममाफी दिएपछि चेतन पत्नी भारतीले अदालतमा मुद्दा दायर गरेकी थिईन् । सर्वोच्चको फैसलापछि रिट निवेदन भारती चिच्याउँदै भक्कानिएर रोएकी छन् । उनलाई साथीहरुले सम्झाएका थिए ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पढिसकेलगत्तै उनले इजलासमै डाँको छाडेर रुन सुरु गरेकी हुन्।

श्रीमानको न्यायका लागि गरेको सडक संघर्षले सकरात्मक परिणाम दिएपछि उनले खुसीका आसु झारेकी हुन् ।  सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् ।

सर्वोच्चबाट बाहिरिँदा पनि उनी रोहिरहेकी थिइन्। उनलाई उनका सहयोगीहरूले गाडी चढाएर लगेका छन्। 



प्रतिक्रिया दिनुहोस्