काठमाडौं,१६ कार्तिक । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत फाइनल प्रवेशका लागि भोलि हुन लागेको नेपाल यूएईबीचको खेलमा जित निकाल्दै विश्वकपमा छनोट भएमा खेलाडीलाइ नगद पुरकर दिने घोषणा गरेका छन् ।
नेता ठाकुरले यूएईविरुद्धको खेल जितेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने २ खेलाडीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छ्न ।
नेपालले आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुन् भोलि निर्णायक खेल खेल्दैछ । माथिल्लो मूलपानी मैदानमा दिउँसो १ बजे हुने खेलमा यूएईलाई हराएमा नेपाल विश्वकपमा छनोट हुनेछ ।