काठमाडौं, १६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रवलजंग पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासको लागि अझै धेरै काम गर्न बाँकी रहेको आवश्यकत्ता औंल्याएका छन् । उनले अहिले नेपालको पर्यटन कोभिड पहिलाको अवस्थामा फर्किएको बताएका छन् । तर, अहिले यतिले मात्र पर्याप्त छ त ? भनेर प्रश्न गरेका छन् ।
व्यवसायी पाण्डेले सामाजिक सञ्जाल फेशबुकमार्फत नेपालको पर्यटन क्षेत्रको विकासको लागि सरकारले गम्भीर पहलकदमी चाल्नुपर्नेमा जोड दिएका छन् । नेपालमा यो बीचमा धेरै नयाँ तारे होटलहरु सञ्चालन भैसकेको र साहसिक पर्यटनको लागि धेरै लगानी भैसकेको पनि उल्लेख गरेका छन् । भैरहवा र पोखरामा अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा आइसकेको, डाँडा डाँडामा केवलकार सञ्चालनमा आइसकेको परिस्थिति पनि उनले उल्लेख गरेका छन् ।
पाण्डेले अब वार्षिक १० लाख नभएर दुई वर्षभित्र वार्षिक २० लाख र क्रमशः यही अनुपातमा वृद्धि गर्दै लग्न सकिने सुझाव दिएका छन् । तर, पर्यटकको लागि पुर्वाधारमा नेपाल गम्भीर नभएको उनको टिप्पणी छ । मुख्य पर्यटक क्षेत्रको स्थलमार्ग चितवन बुटवल राजमार्ग र काठमाडौ पोखरा जोड्ने राजमार्ग स्तरोन्नतीलाई गति दिन नसकेको पनि उनले उल्लेख गरेका छन् ।
पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न असफल भैरहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनमा पर्याप्त अन्तराष्ट्रियस्तरमा विज्ञापन गरेका छौं त ? भनेर पनि प्रश्न गरेका छन् । उनले धार्मिक पर्यटनको प्रचुर सम्भावनालाई ध्यान पुर्याउन नसकिरहेको हो की ? भनेर पनि प्रश्न गरेका छन् । उनले अहिले नेपाल दुई विशाल छिमेकी भारत र चीन साथै सार्क राष्ट्रलाई मात्र ध्यान दिँदा मात्र पनि पुग्ने विश्वास दिलाएका छन् ।