काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गरेको छ ।
माथिल्लो मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको जवाफी लक्ष्य पछ्याएको नेपालले १० ओभरको खेल चलिरहँदा मात्र २ विकेट गुमाएर ६७ रन जोडेको छ । नेपालले दोस्रो विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । उनी २२ रन बनाउँदै आउट भएका छन् ।
टस जितेर सुरुमा ब्याटिङ गरेको यूएइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । नेपालले आजको खेलमा यूएईलाई हराउन सकेमा अर्को वर्ष हुने टी २० विश्वकपमा छनोट हुनेछ ।