Logo

नेपाली टिमलाई बधाई दिँदै ओलीले लेखे- अबको यात्रा विश्वकप, चियर्स !



काठमाडौं,१७ कार्तिक । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको थियो ।

नेपालले यूएईलाई हराएपछि सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भनेका छन् , निरन्तर कोसिसपछिको जित १ बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’

आज भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

मूलपानी मैदानमा १३५ रनको लक्ष्य पाएको नेपालले १८औं ओभरको पहिलो बलमा नै लक्ष्य पूरा गरेको थियो । प्रतियोगिताको उपाधिका लागि अब ओमान र नेपालबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्