काठमाडौं,१७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक काठमाडौं उपत्यका बाहिर पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आयोजना गर्ने भएको छ ।
रास्वपाले कार्तिक २२ र २३ गते बस्ने बैठक मधेश प्रदेशको सिराह,बारा र महोत्तरीमध्ये एक जिल्लाको ग्रामिण भेगमा गर्ने बताईएको छ ।
बैठकमा पार्टीको कार्यदिशा र महाधिवेशनका विषयमा पनि छलफल हुनेछ । रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भनिए पनि उक्त मितिमा नहुने भएको छ ।
केन्द्रीय सदस्य थप्ने विषयमा आसन्न बैठकमा छलफलको एजेण्डा नहुने रास्वपाले जनाएको छ ।