Logo

वनमन्त्री महतोद्वारा बाँके राष्ट्रिय निकुञ्जको निरीक्षण



काठमाडौं, १७ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो बर्दिया पुगेका छन् । मन्त्रालयका विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री महतो आज बर्दिया पुगेका हुन् ।

नेपालगञ्ज विमानस्थल ओर्लिएलगत्तै उनी त्यहाँबाट बाँके राष्ट्रिय निकुञ्जको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनले निकुञ्जका कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिएको प्रमुख स्वकीय सचिव चन्देश्वर पासमानले जानकारी दिए ।

मन्त्री महतोले आजै बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने भुरिगाउँ–तेलपानी–ढाडबास वनपथको शिल्यान्यास गरेका थिए । सो कार्यक्रमको अध्यक्षता भने ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले गरेका थिए ।

कार्यक्रममा संघीय सांसद हृदयराम थामी, प्रदेश सांसदहरु जन्मदेव तिमिल्सिना, अम्बिका काफ्ले, वार्डेन अशोकरामलगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्