Logo

नेपाललाई बधाई, तिमीहरु वास्तवमै विश्वकपका लागि हकदार थियौ, विश्वकपमा भेटौंला- मोहम्मद रिजवान



काठमाडौं,१७ कार्तिक । यूएईविरुद्ध शानदार जित हासिँल गर्दै नेपालले अर्को वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाएपछि पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले बधाई दिँदै नेपाल साँच्चै विश्वकप खेल्नका लागि हकदार राष्ट्र भएको बताएका छन् ।

एक दशकपछि नेपालले दोस्रोपटक टी-२० विश्वकपमा स्थान बनाएपछि देशभित्र उत्सवको माहोलमा रिजवानले खुसी व्यक्त गरेका हुन् । उनले नेपाललाई विश्वकपमा भेट्नेसमेत उल्लेख गरेका छन् ।

अहिले भारतमा आईसीसी एक दिवसीय विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘टीम नेपाललाई बधाई छ । तिमीहरु वास्तवमै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौंला ।’

रिजवानको यो पोस्टमा सयौं नेपालीहरुले कमेन्ट गर्दै धन्यवाद दिएका छन् । रिजवान नेपाली क्रिकेट र क्रिकेटरलाई असाध्यै माया गर्ने पाकिस्तानी खेलाडी हुन् । उनले नेपाल एसिया कप खेल्न पाकिस्तान जाँदा उनले नेपाली खेलाडीहरुलाई होटलमै गएर भेटेका थिए । उनी सन्दीप लामिछाने थुनामुक्त भएपछि उनलाई भेट्न नेपालसम्मै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot