Logo

कोशी प्रदेश मन्त्रिपरिषद विस्तार : माओवादीका उप्रेती र एकीकृत समाजवादीका जवेगू मन्त्री नियुक्त



काठमाडौं, १७ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका छन् ।

मुख्यमन्त्री कार्कीले आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) बाट गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुको जिम्मेवारी भने अहिलेसम्म तोकिएको छैन् । सरकारमा माओवादी र एकीकृत समाजवादीको प्रवेशसँगै नेकपा (एमाले) भने सरकारबाट बाहिरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्