Logo

प्रोफेसर्स फर ट्वेन्टी-सेकेण्ड सेञ्चुरी रिसर्च अर्गनाइजेशनले भोलि महत्वपूर्ण घोषणा गर्दै



नेपाललाई भ्रष्टाचारमुक्त र शतप्रतिशत क्यासलेस देश बनाउने जय साहको सपना पूरा हुँदै

काठमाडौं, १७ कार्तिक । नेपालका अर्थशास्त्रका प्रख्याँत प्राध्यापाकहरु संलग्न रहेको अर्थशास्त्रसम्बन्धी प्रोफेसर्स फर ट्वेन्टी सेकेण्ड सेञ्चुरी रिसर्च (Professors for 22nd Century)अर्गनाइजेशनले भोलि (शनिबार) काठमाडौंमा बृहत्त अन्तरक्रिया गर्ने भएको छ ।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका युवा अनुसन्धान तथा खोजकर्ता जय साहको नेपाललाई विश्व गुरु बनाउने सोचलाई सार्थक तुल्याउनको लागि अनुसन्धानमा खटिएका काठमाडौं उपत्यकामा रहेका अर्थशास्त्रका प्राचार्यहरुको सहभागितामा भोलि (शनिबार) काठमाडौंको अल्फा बिटामा विहान १० बजे बृहत्त अन्तरक्रिया हुने भएको हो ।

साहको नेपाललाई शतप्रतिशत क्यासलेस र भ्रष्टाचारमुक्त देश बनाउन सकिने सोच रहेको छ । नेपाललाई शतप्रतिशत क्यासलेस र करप्सन फ्रि बनाउन सकिने सैद्धान्तिक आधार रहेको कुरा मिडिया र आम जनतालाई घोषणा गर्न भोलि पत्रकार सम्मेलन गर्न लागिएको साहको भनाई छ ।

साहले नेपाल क्यासलेस र भ्रष्टाचारमुक्त अर्थतन्त्र भएको देशको रुपमा विश्वकै लिडर हुनेपनि दाबी गरे । नेपालले अहिले भोगिरहेका सबैखाले आर्थिकदेखि राजनीतिक समस्याको समाधान दिनेगरि आफूहरु लागिपरेको साहको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्