Logo

भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध : उद्धारमा कठिनाइ



काठमाण्डौ, कार्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ । अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको डीआईजी ढकालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्