काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र्र जाजरकोट र पश्चिम रुकुमतर्फ गएका छन्।
आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
हेलिकप्टरमा औषधीसहित र डाक्टरहरू पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्रभावित क्षेत्रमा गएका छन्। प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी ७२ जनाको मृत्यु भएको छ ।