काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसले जाजरकोट र रुकुम (पश्चिम) मा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले उद्धार, राहत र पुनस्थार्पनाका लागि सरकारको कोषमा पार्टीको तर्फबाट पचास लाख उपलब्ध गराउने घोषणा गरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले एक विज्ञप्ती जारी गरेर यस्तो घोषणा गरेका हुन् । कांग्रेसले यस्तो समयमा सरकार, राजनीतिक दलहरु, संघ–संस्था सबै एक भएर विपत्तिको सामना गर्न पनि अपिल गरेको छ । साथै, स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न पनि कांग्रेसको अपिल छ ।