Logo

भूकम्प प्रभावित क्षेत्रमा एक लाख र २५ क्विन्टल चामल पठाउने विप्लव नेतृत्वको नेकपाको निर्णय



काठमाडौं, १८ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल उपलब्ध गराउने भएको छ । यस्तै, १ लाख रुपैयाँ रकम पनि सहयोग गर्ने घोषणा गरेको छ । आज (शनिबार) विहान काठमाडौंमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

युवा नेता प्रकाश डुम्रेले जनाएअनुसार बैठकले आज दिउँसो १२ बजेबाट काठमाडौ,भक्तपुर र ललितपुरबाट राहत संकलन गरी जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको छ ।

भिडिओ स्रोत : प्रकाश डुम्रेको फेशबुक



प्रतिक्रिया दिनुहोस्