काठमाडौँ । सरकारले जाजरकोट भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतका अनुसार भूकम्पबाट घाइतेहरुको लागि राजधानीमा वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको छ । साथै घाइतेहरुको उद्वार सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।