Logo

कुलमानलाई तीन दिन कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारी



काठमाडौं, कार्तिक १९ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन्। प्राधिकरणका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ९आधिकारिक ट्रेड युनियन०ले आज देखि ३ दिन कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च तहका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी गरेका हुन्।

उनीहरुले आज कात्तिक १९ गते बिहान ११:१५ बजेदेखि १२:१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने बताएका छन् । त्यस्तै २० गते बिहान ११:१५ बजेदेखि १२:४५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने उल्लेख गरेका छन् ।

२१ गते बिहान ११:१५ बजेदेखि ०१:१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रममा उल्लेख छ।

यस्ता छन् ७ बुँदे माग

१) विद्युत विधेयक २०८० खारेजी गर्नु पर्ने ।

२) EPR मा २१ दिने हाजिरको मापदण्ड वैज्ञानिक बनाउने ।

३) संचालक समितिबाट निर्णय भएको ५२ महिना सावधिक जीवन विमा तत्काल लागू गर्ने ।

(४) ज्यालादारी कर्मचारीहरूलाई तोकिएको समयावधि भित्र मासिक ज्यालादारी गर्ने ।

(५) कर्मचारी सेवा, शर्त विनियम २०७५ संशोधन (सरुवा, बढुवा, विज्ञापन, O&M) सम्बन्धमा।

६) २० वर्षे सेवा अवधि नपुगि अनिवार्य अवकाश हुँदा प्राप्त हुने विमा सम्बन्धमा।

(७) कर्मचारी सापटी र औषधोपचार विमा सम्बन्धमा ।

यस ३ दिनको अवधिसम्म पनि मागहरू पूरा नभएमा मिति २०८०/०७/२२ गते कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरू दिन बाध्य हुने ट्रेड युनियनहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot