Logo

जाजरकोट भूकम्पः गण्डकी प्रदेशले पीडितका लागि १ करोड सहयोग दिने



काठमाडौं,१९ कार्तिक । गण्डकी प्रदेश सरकारले शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको विनासकारी भूकम्पका पीडितहरुको सहयोगका लागि कर्णाली प्रदेशलाई १ करोड उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो ।

शुक्रबार राती गएको ६ दशमलव ४ रेक्टरको भूकम्पका कारण हालसम्म १ सय ५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरहरु ध्वस्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्