Logo

सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो



महेन्द्रनगर (कञ्चनपुर), १९ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्कर्मीको टोली खटिएको छ । “आज कर्णाली पुगेर मन्त्रीलाई साढे तीन लाख बढीको औषधि र विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण ग¥यौँ” जोशीले भने, “प्रभावित क्षेत्रमा खटिनका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको छ ।”

डा पनेरु नेतृत्वको चार सदस्य टोलीमा निर्देशनालयका पिपद् सम्र्पक व्यक्ति जोशी, केटा मेडिकल कलेजका डा गणेश फुलारा र स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामी छन् । आवश्यकता अनुसार प्रदेशबाट थप स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिने छ”, जोशीले भने, “पहिलो चरणमा हामी खटिएका छौँ ।”

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot