Logo

गुल्सनले लिए नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका अकिबको विकेट



काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको ओमानले दोस्रो विकेट गुमाएको छ ।

१८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले दोस्रो विकेटका रुपमा अकिब इलियास लाई आउट गरेका हुन् । उनी आक्रामक रुपमा ब्याटिङ गर्दै ३३ रन बनाएर खेलिरहेका थिए ।

गुल्सनले कश्यप प्रजापती र आकिवको ६७ रनको साझेदारी तोडेका छन् । आकिब ३३ रन बनाएर आउट भए । कप्तान रोहितले क्याच लिए । ताजा अवस्थामा ओमानले १० ओभरको समाप्तीमा २ विकेट गुमाएर ९७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot