Logo

नेपाल र ओमानको खेल सुपर ओभरमा



काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।  अन्तिम ओभरमा ओमानलाई ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा विकेट लिए। तर चौथो बलमा एक रन र पाँचौ बलमा चौका भयो। अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो। 



प्रतिक्रिया दिनुहोस्

Screenshot