काठमाडौं,१९ कार्तिक । आईसीसी टी २० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले जितका लागि १ ओभरमा २२ रन बनाउनु पर्ने भएको छ ।दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।
फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाउन सक्यो ।