काठमाडौं, १९ कार्तिक । नेपाल समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको तर्फबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
साथै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा टोली गठन गरेको छ । जसमा पार्टीका आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल पनि संलग्न छन् ।