काठमाडौं,१९ कार्तिक । नेपाली क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशल भूर्तेलले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र टनोटको उत्कृष्ट ब्याटर घोषित भएका छन् ।
घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए। उनले आज ओमानविरुद्धको फाइनल खेलमा ३१ रन जोडेका थिए ।
नेपाल र ओमान दुवैले फाइनल जित्दै सन् २०२४ मा हुने आईसीसी टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।
त्यस्तै नेपालका तीव्र गतिका बलर गुल्सन झा उत्कृष्ट प्लेयर घोषित भएका छन् । उनले मोटरसाइकल पाएका छन् । प्रतियोगिताभर ५ विकेट लिँदै ७९ रन जोडेका गुल्सनले आजको खेलमा ओमानविरुद्ध अर्धशतकसमेत बनाएका थिए ।
कसले के पाए ?
बेस्ट डेलिभरी- सोमपाल कामी (१० हजार)
क्याच अफ द म्याच- विवेक यादव (१० हजार)
लामो छक्काः करण केसी (१५ हजार)
सट अफ द म्याचः गुल्शन झा (१० हजार)
फास्टेस्ट स्कोररः करण केसी (१५ हजार)
एक्स एजबाट टीमलाई (१० लाख)
माइलस्टोन अफ द म्याच- गुल्शन झा (१० हजार)