काठमाडौं,१९ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक सरेको छ । आइतबार दिउँसो बस्नेगरी डाकिएको बैठक सोमबार बस्नेगरी स्थगित भएको एक नेताले जानकारी दिए ।
बैठकमा राखिने एजेण्डा महत्वपूर्ण रहेको छ । एजेण्डाहरु तय नभईसकेको कारण बैठक भोलिसम्मका लागि सारिएको समाजवादीले जनाएको छ । भोलि बस्ने बैठकमा गत महिना अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशिकाको बारेमो छलफल हुने सम्भावना रहेको छ ।
त्यस्तै बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारवाहीबारे छलफल हुने नेताहरुले बताएका छन् ।