Logo

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त



काठमाडौं, कार्तिक २० । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार डा. भुसाललाई नियुक्त गरेका हुन्।

त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्तिक १६ गतेदेखि पदावधि समाप्त भएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार अनुसार बास्कोटाको पदावधि सकिएपछि उपकुलपति पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा ३ महिनाको लागि प्रधानमन्त्री एवम् कुलपतिबाट २०८० कार्तिक १७ को निर्णयानुसार उपकुलपतिको जिम्मेवारी तोकिएको हो।



प्रतिक्रिया दिनुहोस्