Logo

मुख्यमन्त्री कार्कीलाई दिएको समर्थनबारे निर्णय लिन एमाले कोशीले बोलायो संसदीय दलको बैठक



काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । मुख्मन्त्री केदार कार्कीलाई दिएको समर्थनबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

गत असोज २६ गते मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गर्दै विश्वासको मत दिएको थियो । तर, एमालेको समर्थनलाइ लत्याउँदै कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गरेका छन् । उनले शुक्रबार माओवादीको गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका थिए ।

आफूसँगको सहमति लत्याएको भन्दै रुष्ट बनेको एमाले शनिबारनै सरकारबाट बाहिरिएको थियो । विना विभागीयमन्त्री राम रानाले शनिबार नै मन्त्रीबाट राजीनामा दिएका थिए । आफ्नो पार्टीको योगदानलाई कदर नगरेको भन्दै रुष्ट बनेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा मत बलियो बन्दै गएको छ । आज बस्ने बैठकले उक्त विषयमा निर्णय हुनेछ ।



प्रतिक्रिया दिनुहोस्