काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक अहिले केहीबेरमा बस्ने बताईएको छ । ।
समसामयिक विषयमा छलफल गर्न पार्टीले सचिवालय बैठक बोलाएको हो ।
बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि राहत र उद्धारका लागि सहयोग जुटाउनेबारे निर्णय लिने बताइएको छ । साथै अध्यक्ष नेपाल चीन भ्रमणमा जान लागेको विषयमा पनि छलफल हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल एक सातालामो चीन भ्रमणमा जाँदैछन् ।