Logo

जाजरकोट भूकम्प- पीडितलाई एमाले बागमती संसदीय दलले ५ लाख ७० हजार दिने



काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले जाजरकोट भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकलाई ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीका तर्फबाटउक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको हो । विपतमा परेका नागरिकहरुलाई थोरै भएपनि आ-आफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको एमालेले जनाएको छ । बागमती प्रदेश सभामा एमालेका २७ जना सदस्यहरु रहेका छन्।



प्रतिक्रिया दिनुहोस्