काठमाडौं,२० कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको मंसिर २२ गते हुने भनिएको सडक संघर्षको कार्यक्रम स्थगित भएको छ ।
आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको माओवादीले जनाएको छ ।
माओवादीले ब्यवस्था विरोधी तत्वहरुले स्थान पाएको र गणतन्त्र धरापमा परेको निष्कर्षसहित बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।
तर, शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्रविन्दू बनाएर गएको विनासकारी भूकम्पका कारण सरकार र कार्यकताहरु भूकम्प प्रभावितको उद्धार तथा राहातमा खटिनुपर्ने भएपछि उक्त संघर्षका कार्यक्रम स्थगित गर्नुपरेको हो । स्थगित कार्यक्रम पुन: हुने र नयाँ मितिबारे छिट्टै टुंगोमा पुगिने एक नेताले जानकारी दिए ।