Logo

विपतको अवस्थामा प्रचार छोडेर सहयोगका लागि एकजुट हुन ओलीको आह्वान



काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेका छन्। छोडेर

सोमबार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले पीडितहरूको सहयोगका लागि सबै एकजुट हुन आग्रह गर्दै राहत दिने बाहनामा अनावश्यक भीडभाड नगर्न समेत अनुरोध गरेका छन्।

अध्यक्ष ओलीले जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार आवश्यक भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ। विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ। त्यहाँ अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ ।
विपतमा प्रचारभन्दा सेवा महत्त्वपूर्ण हुन्छ। भीडभाड गरेर अल्झाउनु हुँदैन’।

गत शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले करिब ४ हजार घर भत्किएका छन्।  भने १५३ जनाले ज्यान गुमाएका छन भने ३५० भन्दा धेरै घाईते छन ।  



प्रतिक्रिया दिनुहोस्