काठमाडौं,२० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित् भएको छ ।
गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाउर विनासकारी भूकम्प गएपछि देशको अवस्था प्रतिकुल बनेको भन्दै पौडेलले आफ्नो भ्रमण रद्द गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो ।