Logo

जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले जाजरकोटका भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न राजनीतिक दलले पनि भूकम्प प्रभावितलाई सहयोग रकम प्रधानमन्त्री दैविक राहात कोषमा जम्मा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्