Logo

भूकम्प प्रभावितलाई कोशीका राप्रपा सांसदले एक महिना र कांग्रेस सांसदले आधा महिनाको तलव दिने



काठमाडौं,२० कार्तिक । कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राप्रपाका सांसदहरुले जाजरकोट भूकम्प प्रभावितलाई एक महिनाको तलव उपलब्ध गराउने भएका छन् ।

राप्रपाको आज बसेको प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । कोशीमा राप्रपाका ६ सांसद रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले पनि भूकमपबाट प्रभावितलाई सबै सांसदको आधा महिनाको तलव दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

कोशीमा कांग्रेसका २९ सांसद रहेका छन् । यसअघि सो पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट एकमुष्ट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्नेसमेत निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्