Logo

मैदान प्रवेश गर्न ढिला गरेपछि ‘टाइम आउट’भए एन्जेलो म्याथ्युज



काठमाडौं,२० कार्तिक । भारतमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहासमै पहिलो पटक सोमबार श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथ्युज टाइम आउट भएका छन् ।

आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको बंगलादेश र श्रीलंकाबिचको खेलका क्रममा म्याथ्युजलाई फरक तरिकाले टाइममा आउट गरिएको हो ।

नयाँ दिल्लीस्थित अरुण जुट्ली स्टेडियममा टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको श्रीलंकाका ब्याट्सम्यान सदिरा सामराविरा २४ दशमलव २ ओभरमा आउट भएपछि म्याथ्युज मैदानमा आउनुपर्ने थियो । तर अर्को ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न ढिला गरेकाले उनलाई पनि आउट दिइएको हो ।

आईसीसीको नियमअनुसार, एउटा ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यान मैदानभित्र प्रवेश गरिसक्नु पर्ने हुन्छ । त्योभन्दा ढिलो मैदान प्रवेश गर्ने ब्याट्सम्यानलाई टाइम आउट दिइन्छ । सोही प्रावधान अनुसार म्याथ्युजलाई आउट दिइएको हो । यो एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्