Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, कार्तिक २१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ८५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्