काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेसले जाजरकोटमा गत शुक्रबार गएको विनासकारी भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ ।
आज बालुवाटारमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा लगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।