काठमाडौं, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको उद्धार, राहत र उपचारमा खटिएका छन् ।
प्रतिनिधिसभा सदस्य डा. तोषिमा कार्की जाजरकोटमा भूकम्पका घाइतेको प्राथमिक उपचारमा खटिएकी छिन् ।
यस्तै, पार्टीका महामन्त्री डा. मुकुल ढकाल पनि घाइतेहरुको उपचारमा खटिएका छन् ।
सभापति रवि लामिछाने पनि भूकम्प प्रभावित क्षेत्रमै सक्रिय छन् ।