Logo

भूकम्प प्रभावित क्षेत्रको अनुगमणका लागि जाजरकोट जाँदै संसद्को राज्य व्यवस्था समिति



काठमाडौं,२१ कार्तिक । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति भूकम्प प्रभावित क्षेत्रको अनुगमणको लागि जाने भएको छ ।

गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्र भउर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित बनेका हरुको अवस्था र भईरहेको राहत तथा उद्धारको कामबारे अनुगमणका लागि समिति बुधबार त्यसतर्फ जान लागेको हो । समितिमा रहेका सदस्यमध्ये ९ जनाको टोली बुधबार बिहान त्यसतर्फ जाने बताईएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई टेलिफोन गरेर भूकम्प प्रभावित क्षेत्रको बारेमा जानकारी लिन र अनुगमनका लागि जान आग्रह गरेका थिए । सभामुख घिमिरेले गरेको आग्रहपछि समितिको टोली त्यसतर्फ जान लागेको हो । समितिको टोलीले पीडितहरूको अवस्था, राहत वितरण तथा स्वास्थ्य अवस्था आदीको अध्ययन गरी सरकारलाई निर्देशन दिनेछन् ।

सुर्खेतसम्म विमानमा गएर त्यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा गएर राहत वितरणको अवस्था के छ, स्वास्थ्यको अवस्था के छ, के गर्नुपर्ने त्यसबारेमा अनुगमन र अध्ययन गरेर सरकारलाई निर्देशन दिनेछन् ।

समिति सभापति खतिवडासहित उक्त टिममा सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, रवि लामिछाने, चित्रबहादुर केसी, कृष्णगोपाल श्रेष्ठ, हृदयराम थानी, वुद्धिमान तामाङ, र सर्वेन्दनाथ सुक्ला रहने छन् । उनहरु काठमाडौंबाट सुर्खेतसम्म जाजहमा र त्यसपछि घटनास्थलतर्फ सडक यात्राबाट जाने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्