काठमाडौं,२१ कार्तिक । सरकारले चितवनको भरतपर अस्पतालको मडिकल सुपरिटेन्डेन्टमा श्रीराम तिवारीलाई नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान मेसु डा.कृष्णप्रसाद पौडेललाई हटाएर तिवारीलाई नयाँ मेसुको जिम्मेवारी दिएका हुन् । तिवारी वीर अस्पतालमा ११औं तहमा कार्यरत चिकित्सक हुन् ।
उनी यसअघि पनि भरतपुर अस्पतालका मेसु भइसकेका थिए ।