Logo

आइएमई ग्रुपद्धारा भूकम्प प्रभावितका लागि १ करोड ५० लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण



काठमाडौं,२१ कार्तिक । आईएमई ग्रूपले गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावित बनेकाहरुको लागि सहयाग रकम हस्तान्तरण गरेको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आईएमई ग्रूपका अध्यक्ष तथा ग्लोबल आईएम्ई बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु एक करोड ५० लाख बराबरको चेक प्रदान गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण सँगै आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै,भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्