Logo

व्यवसायी पाण्डेको प्रश्न : सरकारको आन्तरिक ऋृण किन वृद्धि भैरहेको होला ?



काठमाडौं, २१ कार्तिक । व्यवसायी प्रवलजंग पाण्डेले अर्थतन्त्र संकटउन्मुख रहेको औंल्याएका छन् । हालै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको दाबी गरेका छन् ।

अर्थमन्त्रीको त्यस्तो दाबी आएलगत्तै व्यवसायी पाण्डेले देशको अवस्था भने त्यस्तो नरहेको जिकिर गरेका छ्न । सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन् । उनले सरकारले रेमिट्यान्स वृद्धि भैरहेको भनेकोमा आन्तरिक ऋण किन वृद्धि भैरहेको भन्दै प्रश्न गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

अर्थतन्त्र लयमा फर्किरहेको छ भनिरहदा मुख्य मुख्य शहरका सटर हरु किन खाली भै रहेको होला ।
रेमिट्यान्टस बृद्दी भै रहदा सरकारको आन्तरिक ऋृण किन बृद्दी भै रहेको होला ।
बिदेशी मुद्रा सचिती बृद्दी भै रहदा बैक को खराव कर्जा किन बृद्दी भै रहेको होला ।
पर्यटक आगमन बृद्दी भै रहदा लुम्बिनी क्षेत्र लगायत अन्य क्षेत्र का होटल हरु सन्चालन गर्न नसकेर बन्द किन हुने अवस्था मा पुगे होला ।
बिकासले लय लिनु पर्ने बेला अधिकास निर्माण सग आवद्द व्यवसायी र निर्माण सगं सम्बन्धि उद्योगहरु किन धरासायी भए होला ।
राजनीतिक कार्यकर्ता बृद्दी भै रहेको बेलामा श्रम र परिश्रम गर्नु पर्ने युवा पुस्ता किन बिदेश पालायन भएको होला ॥



प्रतिक्रिया दिनुहोस्