Logo

जाजरकोट भूकम्प प्रभावितका लागि एमाले कोशीले ५ लाख दिने



काठमाडौँ,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेश संसदीय दलले गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ ।

एमाले प्रदेश संसदीय दलको आज बसेको बैठकले जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरुलाई ५ लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो । सहयोगले भूकम्प पीडितलाई राहत पुग्ने विश्वास लिएको एमालेले जनाएको छ । उक्त रकम एमालेका प्रदेश सांसदहरुको पारिश्रमिकबाट कट्टा गरिने बताईएको छ ।

गत शुक्रबार रामिडाँडा केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण हालसम्म १५३ जनाले ज्यान गुमाएका छन् । भने हजारौं नागरिक घरवारवीहिन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्