काठमाडौँ,२१ कार्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज गत शुक्रबार जाजरकोटमा गएको भूकम्पकासाथै १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहको सहभागितामा सर्वदलीय बैठक राखेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा शीर्ष दलका सबै नेताहरु सहभाग् रहेका छन् । बैठकमका राप्रपा र रास्वपाका नेताहरु भने सहभागी छैनन् ।
यसैबीच बैठकमा सहभागी भएका पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बीचमै बाहिरिएका छन् । उनी बैठक सुरु भएको ५ मिनेटमै बैठक कक्षबाट बाहिरिएका हुन् ।
अध्यक्ष नेपाल आज चीन भ्रमणमा जाँदैछन् । उनी कृषिमन्त्री वेदुराम भुसालसहितका १५ जनाको नेतृत्व गरेर आज चीन भ्रमणमा जान लागेका छन् ।