Logo

राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट क्षति भएको थाप्लेको निरीक्षण



जाजरकोट, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेटेका छन् । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उनले बिरामीको गुनासोसमेत सुने ।

सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरीे भेरी–३स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताए । ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उनले अवलोकन गरे।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पपीडितको उद्धार र उपचारमा लागिरहहेकाले अब समस्या समाधान हुँदै जाने र सरकारले सबै समस्या समाधान गर्ने राष्ट्रपति पौडेलले बताए । रासस



प्रतिक्रिया दिनुहोस्