Logo

राष्ट्रपति पौडेलले भूकम्पबाट गम्भीर घाइते रहेका जाजरकोटका वीरे पुनलाई काठमाडौं ल्याउँदै



काठमाडौं, २१ कार्तिक । भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले फर्कने क्रममा घाइतेलाई काठमाडौं उपचार गर्न ल्याउने भएका छन् ।

उनले आज काठमाडौं फर्कने क्रममा भूकम्पबाट गम्भीर घाईते (ढाडमा गम्भीर समस्या रहेका) वीरे पुनलाई काठमाडौं ल्याउन लागेका हुन् । ती विरामी जाजरकोटका हुन् ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुको साथै पीडित परिवारसँग भेटघाट र अस्पतालमा विरामीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

सो क्रममा उनले सरकारलाई पीडितहरुको लागि तत्काल राहत र पूननिर्माणको काम थाल्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot