Logo

संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार



काठमाडौं,२२ कार्तिक । विगत लामो समयदेखि अधिकार माग गरेर संघर्षमा उत्रिँदै आएको मधेश प्रदेश सरकारले आज औपचारिकरुपमा संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने भएको छ ।

सोमबार बसेको प्रदेश सरकारको आव्हानमा बसेको सर्वदलीय बैठकले तत्काल अधिकार र आफ्ना मागहरु सम्बोधन नगरिए संघीय सरकारको मूख्य प्रशासनिक निकाय सिंहदरबारमा अनशन बस्ने चेतावनी दिएको थियो ।

प्रदेश सरकारले संघविरुद्ध प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेस सरकारले संघ सरकारलाई अन्तिम पटक अल्टिमेटम दिँदै आन्दोलन गर्न लागेको हो। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बुधबार दिउँसो दुई बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको मधेश सरकारले बताएको छ।

संविधानले सुनिश्चित गरेका अधिकारहरु प्रदेश मातहत दिनका लागि लामो समयदेखि मधेश सरकारले तदारुकताका साथ आवाज उठाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्